Logo

राष्ट्रपतिले कार्यकारी प्रमुखझैं खोप याचना पत्राचार गर्नु संविधानको उल्लंघन हो : भीम रावल



काठमाडौं, १७ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्-“कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।”



प्रतिक्रिया दिनुहोस्