Logo

लुम्बिनीमा ‘भोट क्रस गराएर’ माधव नेपालले ओलीलाई दिए झड्का



काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लागेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्मेदवार चन्द्रबहादुर खड्का पराजित भएपछि ओलीलाई धक्का लागेको हो ।

लुम्बिनीमा एमालेको मत सुर्य चिन्हमा मात्र खसेको भए जीत सुनिश्चित थियो । त्यहाँ माधव नेपाल समूहबाट भोट क्रस भएको छ । उनीहरुले रुख चिन्ह लिएर उम्मेदवार बनेका नेपाली काँग्रेसका दृगनारायण पाण्डेलाई मतदान गरे । जसका कारण पाण्डे विजयी भए ।

यसअघि बागमती प्रदेशमा पनि ओलीविरोधी गठबन्धन एक भएर सुर्य चिन्ह लिएर उम्मेदवार बनेका रामबहादुर थापा बादललाई हराएका थिए । यसपटक बागमतीको घटना लुम्बिनीमा दोहोरिएको छ । योसँगै ब्यालेटको राजनीतिमा ओलीलाई धक्का दिने विपक्षी गठबन्धनको रणनीति बढेको सन्देश समेत गएको छ ।

यसपटक लुम्बिनी प्रदेशमा ओली भर्सेस बाँकी नेताहरु जस्तै भएको थियो । एमाले उम्मेदवार खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको मात्र साथ थियो । विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा समेत थिए । एमालेको माधव नेपाल समूहको दरिलो साथ रह्यो ।

यसअघि नेपालकै चाहना अनुसार खिमलाल देवकोटा उम्मेदवार बनेर जीत हासिल गरेका थिए । यसपटक काँग्रेसलाई नेपाल समूहले गुन तिर्ने गरी मतदान भएकोले ओलीलाई धक्का परेको हो । लुम्बिनीको घटनाले नेपाल समूह उत्साही भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot