Logo

सुर्यबाट प्रदेश सभा सांसदमा जीत, राजीनामा अनि रुखबाट राष्ट्रियसभा सदस्यमा जीत



काठमाडौं, १७ जेठ । दृगनारायण पाण्डेय कपिलवस्तु क्षेत्र नं २ क बाट निर्वाचित सांसद थिए । नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित उनी एकीकरणपछि बनेको नेकपाबाट प्रदेश सभा सांसद रहे । तर, नेकपा विभाजनपछि एमालेमा रहे ।

एमालेको माधवकुमार नेपाल समूहका पाण्डेय पार्टीको आन्तरिक विवादका बेला अल्पमत पक्षधरमा सशक्त रुपमा प्रस्तुत भए । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न गठबन्धन बनेपछि उनले पदकै बलिदानी दिए । प्रदेश सभाको निर्वाचित सांसद पदबाट राजीनामा दिए । उनको राजीनामाले पोखरेललाई निकै अप्ठ्यारो पार्यो ।

सांसद पदबाट राजीनामा दिएपछि पाण्डेय नेपाली काँग्रेसमा प्रवेश गरे । यो आफैमा रोचक रणनीति थियो । उनी रुख चिन्हबाट राष्ट्रिय सभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट उम्मेदवार बनेर विजयी भए । ओलीविरोधी गठबन्धनका उम्मेदवार पाण्डेयले प्रदेश सभा सांसद पदबाट राजीनामा दिएर पुरस्कारस्वरुप राष्ट्रिय सभाको उपनिर्वाचनमा टिकट पाएका थिए । उनले जीत पनि हासिल गरे ।

पाण्डेयको जीतलाई ओलीविरोधी गठबन्धनको चुनावी जीतका रुपमा लिइएको छ । अर्कोतर्फ, माधव नेपालले ब्यालेटको राजनीतिमा आफू ओलीभन्दा तगडा भएको फेरि एकपटक प्रमाणित गर्न खोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot