Logo

भीम रावलको टिप्पणी : ओलीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर धूपवत्ती गरे कसो होला ?



काठमाडौं, १७ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउन लागेको विषयमा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपवत्ती गर्नसमेत सुझाव दिएका छन् । उनले यसो गर्दा खुशी पार्नुपर्ने शक्रि पनि मख्ख पर्ने भन्दै पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उनले यस्तो लेखेका छन्-जसपा ९महन्थ पक्ष० लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो।प्रमं केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसंग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला१ यसो गर्दा खुसी पार्नुपर्ने ुशक्तिु पनि मक्ख पर्ने१



प्रतिक्रिया दिनुहोस्