Logo

माधव नेपालले मात्रै चाहेर पार्टी फुट्दैन : भीम आचार्य (भिडिओसहित)



काठमाडौं, १७ जेठ । नेकपा (एमाले) का नेता भीम आचार्यले अझैपनि आफूहरु पार्टी एकताको लागि अन्तिम कसरतमा रहेको स्पष्ट पारेका छन् । तर, यसको लागि सबैभन्दा बढि जिम्मेवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नै भएको पनि उनको भनाई छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“अहिले त हामी एकताकै पक्षमा छौं । ओली र माधव नेपालबीच फेरि सम्वाद हुन्छ । यो सम्भावना छ ।” उनले एमाले विभाजन भएर गयो भने देशको राजनीति नै ध्रुवीकरण हुने दाबी गरे । उनले एमाले विभाजन भयो भने केपी ओली, महन्थ ठाकुर र राजेन्द्र, र कमल थापाको एउटा मोर्चा हुने र बाँकी लोकतान्त्रिक शक्तिहरुको अर्को मोर्चा हुने विश्वास दिलाए । उनले संविधान र कानूनअनुसार फैसला भयो भने संसद् पूनःस्थापना हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्