Logo

भगवान श्री कृष्णलाई हुर्काउने यशोदा मैया को हुन् ?



एजेन्सी, १८ जेठ । भगवान कृष्णको शुरसेनको छोरा श्रीवसुदेवको पत्नी देवकीको कोखबाट कंसको मथुरा कारागारमा भाद्रपद अष्टमी तिथिको रोहिणी नक्षत्रमा रातको १२ बजे जन्म भएको थियो । कृष्ण जम्मदा बित्तिकै वसुदेवले मथुराको यमुना पार गरेर गोकुल गाउँका प्रमुख नन्दरायको पत्नी यशोदाको जिम्मामा छाडेर आएका थिए । माता यशोधाले कृष्णलाई आफ्नै छोरा सम्झेर पालन पोषण गरेकी थिइन् । आज हामी उनै यसोधाको बारेमा चर्चा गर्छौै ।

१.ब्रजमंडलमा सुमुख नामका गोपकी पत्नी पाटलाको गर्भबाट यशोदाको जन्म भएको थियो । उनको विवाह गोकुलका प्रसिद्ध व्यक्ति नन्दसँग भएको थियो । उनी वैश्य समाजबाट आएकी थिइन् ।

२.यशोदाको बलरामलाई पालन पोषण गर्न पनि महत्वपुर्ण भुमिका छ । बलराम रोहिणीको छोरा र सुभद्राको भाई हुन् । अर्काको बच्चालाई आफ्नो मुटुको टुक्रा सम्झने यशोदाले एक आदर्श चरित्र प्रस्तुत गरेकी थिइन् । उनको आफ्नै पनि एक छोरी थिइन् ।

३.वसुदेव बालकृष्णलाई लिएर कारागारदेखि निक्लेर राति युमुना पार गरेर गोकुल पुगे र उनले सोही रात कृष्णलाई यसोदासँग सुताईदिए र उनकी छोरीलाई उठाएर ल्याए । गर्गपुराणको अनुसार भगवान कृष्णको आमा देवकीको सातौ गर्भको योगमायाले नै बदलेर रोहिणीको गर्भमा पुर्याएकी थिइन् । जसबाट बलरामको जन्म भएको थियो । पछि योगमायाले यसोदाको गर्भबाट जन्म लिएकी थिइन् । भगवान विष्णुको आज्ञाबाट नै माता योगमायाले नै यसोदा मैयाको छोरीको रुपमा जन्म लिएकी थिइन् । पछि उनको नाम एकानंशा राखिएको हो । उनलाई जन्मदिएपछि यसोदा गहिरो निन्द्रामा परिन् र बालिकालाई देख्न पाइनन् । आँखा खुलेपछि उनले एक छोरा देखिन्, जुन कृष्ण थिए ।

४. कृष्ण ठुलो भएर एकदिन माता यसोदालाई राधासँग विवाह गर्ने कुरा गरे । यशोदाले राधा कृष्णको लागि विवाह गर्न ठिक नभएको जवाफ दिइन् । राधा कृष्ण भन्दा ५ वर्ष जेठी थिइन् । यशोदाको भाई रायाणसँग राधाको मगनी भइसकेकोे यसोदाले कृष्णलाई बताएकी थिइन् ।

५.भगवान कृष्णले दही चोरेर, गोर्बधन धारण गरेर, पुतनाको हत्या गरेर, रासलिला आदी अनेक लिलाबाट यसोदालाई अपार सुख दिएका थिए । यसरी ११ वर्ष ६ महिनासम्म माता यशोदाको महलमा कृष्णले लीला गरे । पछि कृष्ण मथुरा जान लाग्दा यसोदा विक्षिप्त भएकी थिइन् । धर्मग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्