Logo

आयुर्वेद प्राकृतिक मात्र नभएर वैज्ञानिक पनि छः अक्षय कुमार



एजेन्सी, १८ जेठ । पछिल्लो दिनहरुमा योगगुरु रामदेव चर्चामा छन् । उनले एलोपेथीकको चिकित्सा विधिमा विवादास्पद बयान दिएपछि चिकित्सकहरु उनको विरुद्वमा उभिएका छन् ।

सोही एलोपेथिक सम्बन्धि बहस सामाजिक संञ्जालमा पनि सुरु भएको छ । यसै क्रममा बलिउडका अभिनेता अक्षय कुमारको एउटा भिडियो भाइरल भएको छ । जसमा उनले आयुर्वेदको गुणहरु बताएका छन् । भिडियोमा उनले आयुर्वेदको महत्वको बारेमा बताइरहेका छन् । अक्षयको यस भिडियोलाई शेयर गर्दै रामदेवले लेखेका छन्, ‘तपाई आफ्नै शरीरको ब्राण्ड बन्नुहोस् । सरल र स्वस्थ जीवन बिताएर विश्वलाई आयुर्वेदको शक्ति दर्शाइदिनुहोस् ।’

भिडियोमा अक्षय कुमारले हामी स्वदेशी औषधीको सट्टा विदेशी औषधीहरूमा बढी भर परिरहेका उल्लेख गरेका छन् । उनले स्वदेशको औषधिमा ध्यान नदिएको जिकिर गरेका छन् ।
अक्षयको अनुसार अस्पतालमा जस्तै आयुर्वेद केन्द्रमा उपचार गराएमा बिमाका सुविधाहरु पाइन्छ । उपचारका यी तरिकाहरू प्राकृतिक मात्र नभएर वैज्ञानिक पनि भएको उनको तर्क थियो । Photo- Agency



प्रतिक्रिया दिनुहोस्