Logo

पार्टी विभाजन हुन नदिन हदैसम्म लचिलो बन्ने एमाले स्थायी कमिटीको निर्णय, १२ सांसदलाई कारबाही भएन



काठमाडौं, १८ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दए । त्यस्तै, उनले यसअघि गणित कार्यदल भंग भएको समेत जानकारी दिए ।

तर, एकताको लागि अनौपचारिक माध्यमबाट नेताहरु छलफलमा जुटेको पनि उनले जानकारी दिए । आज बसेको बैठकले यसअघि स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई कारबाही गर्ने भनिएको थियो । तर, आजको बैठकले उनीहरुलाई कारबाही गर्ने निर्णय नगरेको पनि बुझिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्