Logo

कोरोना महामारीमा दुधमा काँचो बेसार हालेर पिउदा फाइदै फाइदा



एजेन्सी, १८ जेठ । विश्वभर दुध दिवस आज अर्थात एक जुनमा मनाइन्छ । दुधको प्रयोग सदियौ वर्षदेखि हाम्रो आहारको महत्वपुर्ण पोषक तत्वको रुपमा गर्दै आएका छौ । डाक्टरहरूले पनि यसलाई आहारमा समावेश गर्ने सल्लाह दिन्छन् ।

विशेष गरी कोरोना भाइरस महामारीको समयमा बेसारमा दुध पिउने सल्लाह प्रोटोकलमा समावेश छ । बेसारमा शक्तिशाली एन्टिवाइरल गुणहरू पाइन्छन् बेसारमा कर्क्युमिन भनिने एक प्राकृतिक यौगिक हुन्छ, जुन भाइरल संक्रमणमा लाभदायक हुन्छ । दुधमा पोषक तत्व अत्यधिक हुन्छ । यो सबैलाई थाहा छ । जसले मानव शरीरलाई बलियो बनाउँछ । यदि कोही कोभिड संक्रमित भएमा काँचो बेसारमा दुध मिसाएर पिउँदा शरीरलाई शक्ति दिने भएकाले डाक्टरहरूले पनि मानिसहरूलाई बेसारमा दुध सेवन गर्न सल्लाह दिन्छन्।
राति सुत्नु अघि एक गिलास दुधमा बेसार मिसाएर पिउँदा स्वास्थ्य राम्रो हुन्छ र धेरै रोगबाट टाढा बचाउँछ ।

बेसार र दुधका यस्ता छन् फाइदा
चिसो र खोकीमा लाभदायकः बेसारले बलगम उत्पादन बढाउँछ, जसले स्वाभाविक रूपमा जीवाणुहरू बाहिर निकाल्छ जसले तपाईंको श्वासन पथ बन्द गराइदिन्छ । बेसारले एन्टिवाइरल र जीवाणुरोधी गुणहरूले संक्रमणसँग लड्न मद्दत गर्न सक्छ, यसको एन्टी–इन्फ्लेमेटरी गुणहरूले खोकी र चिसोका लक्षणहरूलाई कम गर्न मद्दत गर्दछ।

हड्डीहरूलाई बलियो बनाउँछः बेसारमा रहेको कर्क्युमिन र दुधमा रहेको क्याल्सियम दुबैले हड्डीहरूलाई बलियो बनाउँछन् । कुनै पनि हड्डीमा समस्या भएमा वा फ्र्याक्चर भएमा पनि दुध र बेसार सेवन गर्न सकिन्छ ।

निन्द्रा लाग्न मद्दत गर्छः बेसारमा अमीनो एसिड पनि हुन्छ, जसले राम्रो निद्रा लाग्न मद्दत गर्दछ। यदि तपाईंलाई रातमा निद्रा नलाग्ने समस्या छ भने सुत्नु अघि काँचो बेसारमा दुध हालेर पिउनुहोस्।

रगत प्रवाह बढाउँछः अनुहार वा हल्का चोटपटकको कारण शरीरको रक्त संचार कम हुन्छm यस्तो अवस्थामा बेसार र दुधको सेवन गर्दा रगत संचार बढाउन सहयोग पुग्छ । दुखाईको पीडा कम गर्न यस्को सेवन गर्न सकिन्छ ।

तौल घटाउछः बेसारमा दुध राखेर सेवन गरेमा यीनीहरुमा भएको क्याल्सियम र अन्य खनिजहरूले शरीरमा भएको फ्याट कम गर्दछ ।



प्रतिक्रिया दिनुहोस्