Logo

नेप्सेसँगै ८ अर्बमा खुम्चियो कारोबार



काठमाडौं, १८ जेठ । साताको तेस्रो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । आज (मंगलबार) ११ दशमलव ६८ अंकले घटेर परिसुचक २७ सय ७१ दशमलव १५ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६० अंकले घटेर ४ सय ९६ दशमलव ८६ विन्दुमा रोकिएको छ ।

नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको ९८ हजार ६०७ पटक कारोबार भएर ८ अर्ब ५९ करोड ८१ लख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर खदिर विक्रि भएको छ। आज विकास बैंक, फाइनान्स र अन्य उपसमुह बाहेक १० समुहका सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्