Logo

ठाकुरसहित ४ नेतालाई जसपाबाट निष्काशित गरिएको पत्र निर्वाचन आयोगमा (पत्रसहित)



काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा पठाएका छन् । उनले आज आयोगमा कारबाहीको जानकारी पत्र दर्ता गराएका हुन् ।

जसपाको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई निष्काशन गरिएको पत्रमा उल्लेख छ । राजनीतिक दल सम्बन्धी ऐन बमोजिम दलको दर्ता किताबबाट नाम हटाई अद्यावधिक गर्न अनुरोध समेत गरिएको छ ।

पत्रमा ठाकुरसहित ४ नेताले पटक पटक स्पष्टिकरण सोध्दा पनि जवाफ नदिएको भनिएको छ । जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको र सरकारका सहभागी हुन लागेपछि निष्काशन गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्