Logo

शेयर बजार दोहोरो अंकले घट्दा यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १८ जेठ । आज शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज २१६ कम्पनीको ९८ हजार ६०७ पटक कारोबार भएर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर खदिर विक्रि भएको छ ।

आज बजार घटेपनि केही कम्पनीको शेयरमुल्यमा बृद्धि भएको छ । आज घटेको बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरु मध्ये सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको प्रतिकित्ता १६ सय ३१ रुपैयाँ शेयरमुल्य कायम भई ५७ करोड ८ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको प्रतिकित्ता ४३३ रुपैयाँ शेयरमुल्य कायम भई ३० करोड ३३ लाख बढीको कारोबार भएको छ । राधे विद्युत कम्पनीको २३ करोड ३५ लाख बढीको आज कारोबार भएको छ ।

यसैगरी, आज युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५१ लख भन्दा बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्