Logo

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी



काठमाडौं, १८ जेठ । आज शेयर बजार दोहोरो अंकले घट्दा ८ अर्ब ५९ करोडको कारोबार भएको छ । आज (मंगलबार) ११ दशमलव ६८ अंकले घटेर परिसुचक २७ सय ७१ दशमलव १५ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज केही कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । ति मध्ये सबैभन्दा आज धेरै गुमाउने कम्पनी हो दिव्याश्वरी हाइड्रोपावर कम्पनी । कम्पनीको ५.०२ प्रतिशत अर्थात प्रतिकित्ता १३ रुपैयाँको दरले घटेर २४६ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावर कम्पनीको ४.१७ प्रतिशत अर्थात ११ रुपैयाँले प्रतिकित्ता घटेर २४३ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । कम्पनीका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका छन् ।

यसैगरी, आज आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ४.१२ प्रतिशतका दरले गुमाएका छन् । कम्पनीको प्रतिकित्ता ११ रुपैयाँले घटेर २५६ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । यस्तै, आज खानीखोला, घलेम्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्