Logo

यी कम्पनीका लगानीकर्ताले कमाए आज धेरै



काठमाडौं, १८ जेठ । शेयर बजार आज ०.४२ प्रतिशतले घट्दा २१६ कम्पनीको ९८ हजार ६०७ पटक कारोबार भएर ८ अर्ब ५९ करोड ८१ लख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर खदिर विक्रि भएको छ । आज विकास बैंक, फाइनान्स र अन्य उपसमुह बाहेक १० समुहका सुचक घटेका छन् ।

बजार घटेपनि केही कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । आज कालिका पावर कम्पनीको शेयरमुल्य प्रतिकित्ता १० प्रतिशत अर्थात ४१ रुपैयाँले बढेर ४५१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज लुम्बिनी विकास बैंकको प्रतिकित्ता ३३ रुपैयाँको दरले शेयरमुल्य बढेर ४३३ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कम्पनीका लगानीकर्ताले आज ८.२५ प्रतिशतका दरले कमाएका छन् ।

आज गुराँस फाइनान्स कम्पनीको ७.९७, समिट लघुवित्त वित्तिय संस्थाको ७.८७ र महालक्ष्मी विकास बैंक ५.४३ प्रतिशतले शेयरमुल्य बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्