Logo

जनस्वास्थ्यको विषयमा असम्बन्धित व्यक्तिलाई नबोल्न मन्त्रालयको आग्रह



काठमाडौं, १८ जेठ । जनस्वास्थ्यको विषयमा असम्बन्धित ब्यक्तिहरुलाई आमसञ्चार माध्यममा नबोल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोभिड महामारीको समयमा असम्बन्धित व्यक्तिहरु जथाभावि बोल्दा धेरैलाई द्धिविधा बनाउने र भ्रमित बनाएको भन्दै यस्तो आग्रह गरेको हो ।

मंगलबार मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको विज्ञप्तीमा अनाधिकृत सुचना तथा जानकारी प्रकाशन प्रसारण नर्गन पनि सचेत गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्