Logo

ठाकुर र त्रिपाठी मिलेर नयाँ दल खोल्ने



काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी मिलेर नयाँ दल खोल्ने तयारी थालेका छन् । दुई नेताबीच सिंहदरबारमा त्यसबारे कुरा भइरहेको छ ।

कुराकानीमा ठाकुरसहित राजेन्द्र महतो सहभागी छन् । त्रिपाठीको साथमा पनि उनी निकट नेताहरु छन् ।

चुनाव घोषणा भइसकेकाले नयाँ दल खोल्न मिल्दैन । तर, निर्वाचन आयोगमा दल दर्ता अगाडि नै गराइएको बुझिएको छ । नयाँ दल दर्ताका लागि अध्यादेश ल्याएर भएपनि बढ्ने तयारी समेत भएको बुझिएको छ ।

ठाकुरसहित ४ नेतालाई उपेन्द्र यादव समूहले पार्टीबाट निष्काशनको निर्णय गरेको छ । यसको जानकारी आज निर्वाचन आयोगलाई गराइसकेको छ ।

कारबाहीको क्रम चलेर जसपा विभाजित भएपछि नयाँ दल बनाउने प्रक्रिया बढेको हो । मन्त्री त्रिपाठी सुर्य चिन्हबाट चुनाव जितेपनि स्वतन्त्र समूहमा छन् । उनी विगतमा महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपाका नेता थिए ।



प्रतिक्रिया दिनुहोस्