Logo

लागूऔषध ब्राउनसुगर सहित पक्राउ



कैलाली, १८ जेठ । अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही नगरपलिका–१ गौनिया बस्ने २८ वर्षीय गणेश कोली र सोही नगरपालिका–२ रजवारा बस्ने ३२ वर्षीय मनोज मल्ल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको से।७ प ८६४७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक कोली र स्कुटरमा सवार मल्ललाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot