Logo

राजसंस्था फर्काउन ‘कोर्स करेक्शनका लागि काँग्रेसले विनम्रता देखाउनुपर्ने’ मनिषा कोइरालाको सुझाव



काठमाडौं, १८ जेठ । बलिउड नायिका मनिषा कोइरालाले नेपाली काँग्रेसले ‘कोर्स करेक्शन’ का लागि विनम्रता देखाउनुपर्ने सुझाव दिएकी छिन् । उनले वीपी कोइरालाले राजा नभए देश पनि नबाँच्ने र राजतन्त्रलाई फ्याँक्ने उद्दोग गर्न नहुने भनी दिएको अभिव्यक्ति उल्लेख गर्दै यस्तो सुझाव दिएकी हुन् ।

काँग्रेस नेता लोकेश ढकालले वीपीले अन्तिम समयमा अन्तवार्ताका क्रममा ‘प्रजातन्त्र विना राजतन्त्र अड्दैन, राजा नभए देश पनि बाँच्दैन । राजतन्त्रलाई फयाँक्ने उद्दोग हामीले गर्नु हुँदैन’ भनी दिएको अभिव्यक्ति उल्लेख गरी ट्वीट गरेकोमा त्यसलाई रिट्वीट गर्दै मनिषाले लेखकी छिन्, ‘नेपाली काँग्रेसले कोर्स करेक्सनको विनम्रता देखाउनुपर्छ ।’

पछिल्लो समय कोइराला राजसंस्थासहितको हिन्दुराष्ट्रको पक्षमा छिन् । उनले त्यसका लागि अभियान नै चलाएकी छिन् ।

मनिषा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । उनका पिता प्रकाश कोइराला पनि राजसंस्थाको पक्षधर हुन् ।



प्रतिक्रिया दिनुहोस्