Logo

विवेकशीलका नेता उज्ज्वल थापाको निधन



काठमाडौं, १८ जेठ । विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका उनको आज मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।

थापाको हिजो नै कोरोना नेगेटिभ आएको थियो । तर, निमोनिया बढेर फोक्सोमा गम्भीर असर पुगेपछि निधन भएको बुझिएको छ ।

थापा शहरी जनसंख्या र युवामाझ लोकप्रीय थिए । उनी विवेकशील पार्टीका संस्थापक अध्यक्ष पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्