Logo

उज्ज्वल थापाको अन्तिम संस्कार साधारण पारिवारिक तवरले गर्ने परिवारको इच्छा



काठमाडौं, १८ जेठ । विवेकशील नेपाल पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको अन्तिम संस्कार साधारण पारिवारिक तवरले हुने भएको छ । उनको परिवारले साधारण तवरले गर्ने इच्छा गरेकोले सहभागी नभइदिन विवेकशीलका संयोजक मिलन पाण्डेले अनुरोध गरेका छन् ।

पाण्डेले अहिलेको संक्रामक रोगको समयमा अन्तिम संस्कार साधारण तवरले गर्न लागिएको समेत खुलाएका छन् । उनले थापाको उपचारका क्रममा सहयोग र शुभेच्छा दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

थापाको आज अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot