Logo

केही दिनभित्रै संसदीय बैठक शुरु : मुख्यमन्त्री राई



विराटनगर,१८ जेठ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग आज छलफल गरेका छन् । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्र्टी संसदीय दलका नेता जयराम यादवसँग छलफल गरेको मुख्यमन्त्री राइको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए ।

बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नर्गनसमेत उनले विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्