Logo

बालुवा, गिट्टीको निकासी र जसपा (महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ की : भीम रावल



काठमाडौं, १८ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले बालुवा, गिट्टीको भारत निकासी गर्नु तराईलाई मरुभूमिकरण गर्नु भएको भन्दै सरकारको यो कदमको आलोचना गरेका छन् । उनले बालुवा, गिट्टीको निकासी र जसपा (महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ? भनेर प्रश्नसमेत तेर्साएका छन् ।

सामाजिक सञ्जालमार्फत सरकारको यो निर्णयको विरोध गर्दै उनले यो कदमले नेपालको विकासमा बाधा खडा गर्ने भन्दै यसलाई देशघातको संज्ञा दिएका छन् । उनले लेखेका छन-“बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि? राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात!”



प्रतिक्रिया दिनुहोस्