Logo

संसद् पूनःस्थापना हुने प्रवल सम्भावना छ : पूर्व प्रधानन्यायाधीश पराजुली (भिडिओसहित)



काठमाडौं, १८ जेठ । पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले अदालत विधि, पद्धती र प्रणाली बसाउने थलो भएको सुनाउँदै सोहीअनुसार काम हुनुपर्नेमा जोड दिए । उनले अहिले देश कता कता विवादमा अल्झिएको पनि टिप्पणी गरे । दलहरुबीच राम्रो सम्वाद हुन नसकेको पनि उनको भनाई छ ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद् पूनःस्थापना हुने सम्भावना रहेको जिकिर गरे । उनले अदालत सम्झौताबाट चलाउन थालियो भने यसले पनि विकृति नै ल्याउने दाबी गरेका छन् । राजनीतिक निकास जनप्रतिनिधिले गर्ने विषय भएको पनि उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्