Logo

जसपा यादव पक्षद्वारा ठाकुर र महतोसहित चार नेतालाई निष्कासन



काठमाडौं, जेठ १९ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको नेता राम सहाय यादवले जानकारी दिए।

साथै पार्टी सदस्यबाट निष्कानसन गरिएको जानकारी निर्वाचन आयोगमा दिएको समेत उनले बताए । यसअघि अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए ।

तर, तीन दिनसम्म पनि स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई पार्टी सदस्यबाटै निष्कासन गरिएको नेता राम साहय यादवले जानकारी दिए ।

त्यसो त जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्