Logo

मंगलबार नौ लाख आठ सय डोज खोप नेपाल भित्रियो



काठमाडौं, जेठ १९ । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको छ ।

१० लाख मात्रा खोपमध्ये ८ लाख चीन सरकारले उपलब्ध गराएको हो भने बाँकी २ लाख मात्रा चीन स्वशासित तिब्बतले उपलब्ध गराएको हो । चीन सरकारले उपलब्ध गराएको ८ लाख मात्रा खोप नेपाल वायुसेवा निगमको चार्टर्ड विमानले मंगलबार दिउँसो बेइजिङबाट सिधै काठमाडौं ल्याएको हो ।

निगमको विमान सोमबार राति बेइजिङ गएको थियो ।त्यसैगरी, तिब्बतले उपलब्ध गराएको २ लाख मात्रा खोपमध्ये १ लाख ८ सय मात्रा चीनको कुन्मिङबाट हिमालयन एयरलायन्सको विमानले मंगलबार बिहान र बेलुका गरी दुईपटकमा ल्याएको हो । बाँकी ९९ हजार २ सय मात्रा खोप बुधबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot