Logo

दीपेन्द्रसँग विवाह नजुरेपछि सुप्रियाको अन्तै घरजम



काठमाडौं, १९ जेठ। दरबार हत्याकाण्ड नभएको भए सुप्रिया शाह राजकुमारी बन्ने सम्भावित महिलामा थिइन् । उनको तत्कालीन युवराज दीपेन्द्र शाहसँग विवाहको कुरा चलिरहेको थियो । तर, दरबारहत्याकाण्डले उनको रानी बन्ने सपना चकनाचुर बनाइदियो । अविवाहित बसिन् । तर, २० वर्षपछि उनले घरजम गरिसकेकी छिन् ।

सुप्रिया शाहले गत वर्ष विवाह गरिन् । उनले विनयविक्रम राणासँग विवाह गरेकी हुन् । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो । त्यसपछि अविवाहित रहँदै आएकी सुप्रियासँग मंसिरमै विवाह भयो ।

सुप्रियाका पिता प्रदीपविक्रम शाह पनि पूर्व सैनिक हुन् । उनी पूर्व रानी रत्नका अंगरक्षक थिए । सुप्रियालाई तत्कालिन रानी ऐश्वर्याले खुबै मनपराएकी थिइन् । तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी हुन् सुप्रिया । उनको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो । तर, दीपेन्द्रले भने पशुपतिशमशेर राणाकी छोरी देवयानीलाई मन पराए । दरबारहत्याकाण्डपछि देवयानी विवाह गरी भारत पुगिन् । सुप्रिया भने अविवाहित नै बसिन् । २० वर्षपछि बल्ल उनको विवाह जुर्यो ।

सुप्रियासँग विवाह सम्बन्ध गाँसेका विनयविक्रमको तत्कालिन राजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लकी छोरी साधना मल्लसँगको सम्बन्ध टुटेको थियो । सम्बन्ध टुटेपछि विनयको सुप्रियासँग विवाह भएको छ । उनी हाल दुई तारे जर्नेल छन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले रुचाएका जर्नेल हुन् ।



प्रतिक्रिया दिनुहोस्