Logo

एनआईसी एशिया लघुवित्तका ग्राहकलाई ब्याज छूट



काठमाडौं, १९ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज बैशाख २४ गते देखि ३१ गतेसम्म बुझाए ब्याज रकममा १० प्रतिशत छूट दिने जनाएको हो ।

संस्थाको अनुसार उक्त योजनाअनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयका ४,६७६ ऋणी सदस्यले संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाएर ब्याज छुटको लाभ लिएका छन् । योजनामा सहभागी भएबापत ब्याजमा जम्मा १५,१८,२०२.४७ छूट उपलब्ध गराइएको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्