Logo

२ वर्ष मुनिका बच्चालाई मास्क लगाउन नहुने यस्तो छ कारण



एजेन्सी, १९ जेठ । कारोना भाइरससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइरसको जोखिम कम गर्न मास्कको प्रयोग गर्छन् । ठुला मानिसको लागि कोरोना खोप पनि आइसकेको छ । तर साना बालबालिकाहरुलाई भने हालसम्म खोप आएको छैन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेंशनको अनुसार वयस्कहरुलाई जस्तै कोरोनाको जोखिम बच्चालाई पनि हुन्छ । संक्रमणबाट बच्ने एक तरिका सामाजिक दुरी हो । यदी बच्चालाई बाहीर लैजान्छौ भने मास्क लगाउन सकिन्छ र तर २ वर्ष भन्दा साना बच्चालाई मास्क लगाउदा सास फेर्न गाह्रो हुने संस्थाले जनाएको छ ।

अन्य विशेषज्ञहरुले पनि २ वर्ष भन्दा मुनिका बच्चाहरुको लागि मास्क लगाउनु खतरानाक हुने बताउदै आएका छन् । उनीहरुको अनुसार साना बच्चाको सास नलि साँघुरो हुन्छ र जसको कारण सास फेर्न गाह्रो हुन्छ । मास्क लगाउदा सास लिनमा धेरै बल लगाउनु पर्छ । बच्चाहरुलाई सकेसम्म घरभित्रै राख्नु उत्तम उपाय हो ।

बाल स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामा साना बच्चाहरुलाई मास्क नलगाउन सल्लाह दिइएको छ । संगठनले साना बच्चाहरुलाई मास्कले सास फेर्न अफ्ठेरो हुने भन्दै उनीहरुले मास्क हटाउन बारम्बार कोशिस गर्ने पनि उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्