Logo

नेप्से ५५ अंकले बढ्दा ११ अर्बको कारोबार



काठमाडौं, १९ जेठ । आज शेयर बजार ५५ अंकले उकालो लागेको छ । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेप्से ५५.७६ अंकले बढेर २८ सय २७ दशमलव १२ उच्च विन्दुमा थामिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७.८३ प्रतिशतले बढेर ५०५ दशमलव १५ विन्दुमा पुगेको छ । नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीको १ लाख १४ हजार २१६ पटक कारोबार भएर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको २ करोड २६ लाख १३ हजार २९ कित्ता खरिद विक्रि भएको छ। आज म्युर्चुअल फण्ड बाहेक अन्य १२ उपसमुहका नेप्से परिसुचक बढेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्