Logo

आज नेपाल पुनर्बीमासहित यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १९ जेठ । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेप्से ५५.७६ अंकले बढेर २८ सय २७ दशमलव १२ उच्च विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७.८३ प्रतिशतले बढेर ५०५ दशमलव १५ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १७ सय ९० रुपैयाँ शेयरमुल्य कायम भई १ अर्ब ३७ करोड ८७ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, निर्धन उत्थान लघुवित्तको प्रतिकित्ता १६ सय ७५ रुपैयाँ शेयरमुल्य कायम भई ३३ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, सानिमा माइ हाइड्रोपावर कम्पनीको ५०६ रुपैयाँ शेयरमुल्य कायम भई ३२ करोड १८ लाख बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्