Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, १९ जेठ । नेप्से आज उच्च अंकले बृद्धि भएको छ । आज ५५ अंकले नेप्से बढ्दा ११ अर्ब ३५ करोड बढीको कारोबार भएको हो । आज म्युर्चुअल फण्ड बाहेक अन्य १२ उपसमुहका नेप्से परिसुचक बढेका छन् । बुधबार शेयर बजारमा हरियाली छाएको छ ।

आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज सानिमा माइ हाइड्रोपावरको १० प्रतिशतले शेयरमुल्य बढेको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ४६ रुपैयाँले बढेर ५०६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, आज राष्ट्रिय बीमा कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता प्रतिशेयरमुल्य २१ सय ४४ रुपैयाँले बढेर २३ हजार ५९४ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, आज पोखरा फाइनान्सको शेयरमुल्य ९.९७ प्रतिशतका दरले बढेको छ । फाइनान्सको प्रतिकित्ता ३९ रुपैयाँले शेयरमुल्य बढेर ४३० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।
नेप्सेको अनुसार आज मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स र गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, रिलायन्स फाइनान्स कम्पनी र गुरास फाइनान्स कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्