Logo

रुसले विकास गर्यो कोभिड-१९ विरुद्धको औषधी



एजेन्सी, १९ जेठ । रुसले कोरोना भाइरसविरुद्धको औषधी विकास गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले औषधी दर्ता समेत गरेको छ ।

लिट्रागिन नाम दिइएको औषधी कोरोना भाइरसका कारण हुने निमोनियाको उपचारमा प्रयोग हुने रुसको मेडिकल बायोलोजिकल एजेन्सीले उल्लेख गरेको समाचार संस्था तासले जनाएको छ । बुधबार औषधी दर्ता भएको र यसको प्रयोगबारे समेत उल्लेख गरिएको छ ।

रुसी स्वास्थ्य मन्त्रालयले २५ मेमा लिट्रागिन औषधी विकास गरी दर्ता गरिएको सन्देशमा भनिएको छ । यो औषधीले कोभिड-१९ को उपचारमा प्रयोग हुने, निमोनिया हुन नदिने र भएमा पनि रोकथामका लागि का मगर्ने उल्लेख छ ।

लिट्रगिन कोभिड १९ का कारण हुने निमोनियाको रोकथाममा प्रयोगका लागि विकास गरिएको पहिलो औषधी भएको समेत जनाइएको छ । औषधीको व्यवसायिक उत्पादन चाँडै हुने उल्लेख छ ।-तस्बिर स्रोत: तास



प्रतिक्रिया दिनुहोस्