Logo

निषेधाज्ञा खुकुलो, के के गर्न पाइने (सुचीसहित)



काठमाडौं, १९ जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । तर, यसपटक निषेधाज्ञा खुकुलो गरेको छ ।

यसअघि रोक लगाइएको निर्माण सामाग्री ढुवानी राति ९ देखि विहान ४ बजेसम्म संचालन गर्न छुट दिइएको छ ।

तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिमार्टमेन्टल स्टोर विहान ९ बजेसम्म मात्र खुला गर्ने गरी छुट दिइएको छ । स्थानीय ढुवानी राति ९ देखि विहान ९ बजेसम्म छुट दिइएको छ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ देखि विहान ९ बजेसम्म संचालन गर्न छुट दिइएको छ ।

तर, तोकिएको तरकारी बजार बाहेक अन्य स्थानहरुमा विक्री वितरण गर्न रोक लगाउने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्