Logo

हिन्दु स्वयंसेवक संघ महामारीविरुद्धको अभियानमा, आइशोलेशन सेन्टर बनाउने क्रम जारी



काठमाडौं, १९ जेठ । हिन्दु स्वयंसेवक संघ नेपालले देशभर धमाधम आइशोलेशन सेन्टर बनाउने अभियान चलाएको छ । कोरोना भाइरसको महामारीसँग जुध्न संघले अभियान चलाएको छ ।

संघले भैरहवास्थित आफ्नै भवनमा आइसोलेसशन सेन्टर बनाएको छ । कार्यालय भवन केशवधामलाई आइशोलेशन सेन्टरमा रुपान्तरण गरेको हो । सेन्टरमा १५ बेड रहेको छ ।

आइशोलेशन सेन्टरको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका छन् । उनले हिन्दु स्वयं संघले विपतका बेलामा देखाएको उदारता र महान कार्यका लागि धन्यवाद दिए । उनले आइशोलेशन सेन्टरलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्र गरे ।

कार्यक्रममा भीम अस्पताल व्यवस्थापन समितिका अध्यष नारायण भण्डारी, समाजसेवी अजयकुमार गुप्ताले संघको प्रशंशा गरेका थिए ।

आइशोलेशन निर्माण समितिका संयोजक उमाशंकर पाठकले संघले समाजमा परेको बेलामा जहिले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा अरुण अग्रवाल, मनोज मित्तल, देविलाल भट्टराई, सुरज उपाध्याय, राजन शुक्ल, राजेश चौधरी, अनुराग पाण्डेलगायत उपस्थित थिए ।

हिन्दु स्वयंसेवक संघले महामारीसँग जुध्न आइशोलेशन सेन्टर बनाउने देखि निःशुल्क औषधी उपचार, परामर्श, खाना वितरणलगायतको कार्य गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्