Logo

ढुंगा गिटी निकासी कार्यक्रम फिर्ता लिन देउवाको चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं, १९ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रमलाई ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ भनेका छन् । आज उनले विज्ञप्तिमार्फत् सरकारले ढुंगा गिटीको निकालीको कार्यक्रम ल्याएकोमा कडा विरोध गर्दै तत्काल फिर्ता लिन चेतावनी दिएका छन् ।

देउवाले हचुवाको भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै दुरगामी घातको कार्यक्रम ल्याइएको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रा लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छु ।’

सरकारले बजेट घाटा न्यूनीकरण गर्न ढुंगा गिटी निकासी कार्यक्रम ल्याएपछि सर्वत्र आलोचना भइरहेको छ । यसले चुरे दोहन भई पानीको स्रोत सुक्ने विषय उठेको छ ।



प्रतिक्रिया दिनुहोस्