Logo

राजा वीरेन्द्रको स्वभाव कस्तो थियो ? पूर्वराजदूत डा. थापाले यसरी सुनाए (भिडिओसहित)



काठमाडौं, २० जेठ । पूर्वमन्त्री डा. भेषबहादुर थापाले आफूले चिनेको राजा वीरेन्द्र अन्यन्तै सरल र सम्मानित व्यक्तित्व भएको बताएका छन् । हिजो राति प्राइम् टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो वीरेन्द्र राजासँग पहिलो परिचय वीरेन्द्र बेलायत, अमेरिका र जापानबाट अध्ययन गरेर फर्किएपछि भएको सुनाए । राजा वीरेन्द्रसँगको सम्वादमा आफू धेरै पटक बसेको र उनमा जनताले चाहेको कुरा गर्ने अभिव्यक्ति दिने गरेको पनि थापाले स्मरण गराए । उनले भने-“त्यसैले मेरो बुझाईमा, मेरो सम्पर्क र सम्वादको आधारमा राजा वीरेन्द्र अत्यन्त भद्र, शालिन र मानवीय पक्ष एकदमै बलियो भएको व्यक्ति हो । म राजदूत भएको बेलामा पनि उहाँसँग भेटवार्ता हुन्थ्यो, त्यतिवेला उहाँले द्धन्द्धबारे चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।”



प्रतिक्रिया दिनुहोस्