Logo

आज बढ्यो सुनको मुल्य



काठमाडौं, २० जेठ । आज नेपाली बजारमा सुनको भाउ ४ सयले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भैरहेको छ । हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने १५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्