Logo

सिटिजन लाइफले सुरु गर्यो ‘डिजिटल सिटिजन’ अभियान



काठमाडौं, २० जेठ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन बिमा दाबी सेवा शुरु गरेको छ । कम्पनीले शुरु गरेको यस ‘डिजिटल सिटिजन’अभियान अन्तर्गत अबदेखि सेवाग्राहीले बीमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमै गइराख्नु पर्ने छैन् । कम्पनीले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी गर्न सकिने जनाएको छ ।

बैंकको अनुसार कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोलेर अनलाइनबाट दाबीसम्बन्धी आवश्यक कागजपत्र अपलोड गरी सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुने भएकाले सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेस गर्ने प्रक्रिया चाँडो हुने र जसले गर्दा बिमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार ग्राहकहरुले घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई–सेवा, फोनपे, कनेक्ट आईपीएसलगायत डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाता उपलब्ध गराएको हो । कम्पनीले ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टलसमेत संचालनमा ल्याएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्