Logo

राजा वीरेन्द्रका प्रमुख स्वकिय सचिव श्रेष्ठको दाबी : दरबार हत्याकाण्ड दिपेन्द्रले नै गरेको हो (भिडिओसहित)



काठमाडौं, २० जेठ । तत्कालिन् राजा वीरेन्द्र शाहका प्रमुख स्वकिय सचिव नारायणप्रसाद श्रेष्ठले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गरेको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने-“दरबार हत्याकाण्ड एक, दुई, तीन दिपेन्द्रले नै गरेको हो । म पूरापूर राम्ररी नै भन्न सक्छु । राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको एकदमै ठूलो स्नेह थियो । ज्ञानेन्द्र सरकारमाथि शंका गर्नु अत्यन्तै ठूलो पाप लाग्छ । मेरो आत्माले बोल्या हो है यो ।”

 



प्रतिक्रिया दिनुहोस्