Logo

फोक्सोलाई सुरक्षित राख्न यी खानेकुराबाट टाढा हुनुहोस्



एजेन्सी, २० जेठ । कोरोनाको महामारीमा सबैभन्दा जोगाउनु पर्ने शरीरको अंग हो फोक्सो । कोरोना भाइरसले सबैभन्दा धेरै फोक्सोमा असर गर्छ । हामीले अन्जानमा सेवन गरेका खानाले फोक्सोलाई हानी गर्छ । शरीरलाई सधै स्वस्थ राख्न फोक्सोले राम्रोसँग काम गर्नुपर्छ । फोक्सोबाट फिल्टर भएपछि मात्र अक्सिजन हाम्रो पुरै शरीरमा पुग्छ । यो समयमा फोक्सोको ख्याल गर्नु धेरै आवश्वक छ । यदि हाम्रो शरीरमा फोक्सोले राम्रो काम नगरेमा ब्रोंकाइटिस्, निमोनिया, टिबी, क्यान्सर जस्ता रोगहरु लाग्न सक्छन् । जसको कारण सास फेर्न निकै समस्या पर्छ ।

फोक्सो जोगाउन खान नहुने चिजहरु

अल्कोहलः अधिक मात्रामा अल्कोहल पिउदा लिवर र फोक्सो दुवै खराब हुन्छ । अल्कोहलमा सल्फाइट हुन्छ । यसले फोक्सो ड्यामेज गर्न पनि सक्छ ।

सफ्ट डिंकः सफ्ट डिंकमा अधिक मात्रामा सुगर हुन्छ । हप्तामा ५ दिन भन्दा बढी सफ्ट डिंक सेवन गरेमा ब्रोंकाइटिसको समस्या बढ्छ । यसको सेवनले दम रोग बढ्नमा पनि मद्दत गर्छ ।
अत्यधिक नुनको सेवनः नुन धेरै खाने गरेमा फोक्सोको खतरा बढ्छ । हाई सोडियम डाइटको कारण दमको लक्षण देखिन थाल्छ । दैनिक नुन १५ सय देखि २३ सय मात्रामा सेवन गर्नुपर्छ ।

ब्रोकाउलीः एसिडिटी र ब्लोटिंगको कारण पनि सास लिनमा समस्या हुनसक्छ । जसको असर फोक्सोमा नराम्रो असर पर्छ । काउली, ब्रोकाउली आदीको सेवन कम गर्नुपर्छ । यसमा अत्यधिक फाइबर र न्युट्रियंस पाइन्छ तर यसले पेटमा ग्यास उत्पादन गर्छ ।

भुटेका खानेकुराः भुटेका खानेकुरा स्वास्थ्यको लागि धेरै हानीकारक हुन् । यसको धेरै सेवन गर्नाले सास लिनमा गाह्रो हुन्छ । यसको साथै मोटोपनको सिकार हुने सम्भावना बढ्छ । जसको कारण फोक्सोमा नराम्रो प्रभाव पर्छ । अस्वस्थ बोसोको कारण कोलस्ट्रोल बढ्नुको साथै मुटु सम्बन्धि समस्या हुन सक्छ । Agency



प्रतिक्रिया दिनुहोस्