Logo

कोरोनाको तेस्रो लहरमा बच्चालाई कसरी सुरक्षित राख्ने



एजेन्सी, २० जेठ । कोरोना भाइरसको दोस्रो लहर यति भयावह हुने बारेमा कसैले सोचेको थिएन् । कोविडको पहिलो लहरले धेरै मानिसहरुलाई असर गरेको थिएन् तर दोस्रो लहरले युवा वर्गलाई निशाना बनायो । विशेषज्ञको अनुसार अब कोरोनाको तेस्रो लहरले १८ वर्ष भन्दा कम उमेरका बच्चा सिकार हुने भएका छन् । १८ वर्ष तलका बच्चाहरुलाई खोप आवश्यक भएको विशेषज्ञहरु बताउछन् ।

तेस्रो लहरमा बच्चालाई दुई तरिकाबाट सुरक्षित राख्नुपर्छः
बालबालिकामा रोग माइल्ड अवस्थाका हुन्छन् । परिपक्क अवस्थामा कोविड प्रोटोकल्सबाट बच्चालाई ९७ प्रतिशत रोग ठिक गराउन सकिन्छ । तर, बच्चाहरु एक प्रकारका सुपर स्पेन्डर पनि हुन् । बच्चाहरुलाई डायबेटिज, ब्लडप्रेशर जस्ता दिर्घरोगीहरुबाट टाढा राख्नुपर्छ । यदि घरका मानिसहरु मध्ये कसैलाई संक्रमण भइहालेमा कोविड नियम पालन गरेर १४ दिनसम्म बच्चा भन्दा टाढा आइसोलेटेड भएर बस्नुपर्छ । तर, बच्चाहरुको निगरानी भने राख्नुपर्छ । यस्तो समयमा भावनात्मक सहयोगको धेरै आवश्यकता पर्छ ।

कसरी रोग प्रतिरोधक क्षमता बढाउनेः खानामा बच्चाहरुलाई मुग, हरियो तरकारी, फलफुल खान दिने । यी खानामा प्रशस्त मात्रामा भिटामिन पाइन्छ । यसको साथै बच्चाहरुलाई भिटामिन डी, सी र जिंक पनि खान दिनुपर्छ । ५ वर्ष भन्दा माथिका लागि ट्याब्लेट दिने र ५ वर्ष मुनिकालाई सिरप दिनु पर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्