Logo

कृष्ण थापाको सांसद पद गयो



काठमाडौं, २० जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय गरेको छ । उनलाई हटाइएको जानकारीसहितको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै हटाइएको निर्णय समेत सुनाइएको छ ।

जनमोर्चाका महासचिव मनोज भट्ट र प्रदेशसभाकी सचेतक पियारी थापाले हटाइएको पत्र सचिवालयमा बुझाएका थिए । थापालाई जनमोर्चाले एक वर्षका लागि सदस्यबाट समेत निलम्बन गरेको थियो । आजीवन केन्द्रीय सदस्य हुन नपाउने निर्णय समेत गरिसकेको छ ।

थापा बाग्लुङ क्षेत्र नं १ को क बाट निर्वाचित सांसद हुन् । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई साथ दिदै आएका छन् । तर, जनमोर्चाले गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमा समर्थन गर्दै आएको छ । जनमोर्चाका सांसद कृष्ण थापाले गुरुङ्गलाई साथ दिएपछि अविश्वासको प्रस्ताव अगाडि बढ्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्