Logo

बेलायती पत्रिकाले लेख्योः कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’



काठमाडौं, २० जेठ । बेलायती पत्रिकाले कोरोना भाइरसको एउटा प्रकारलाई ‘नेपाल भेरियन्ट’ भनी लेखेको छ । अहिलेसम्म कुनैपनि अनुसन्धानले नेपालमा पृथक खालको कोरोना भाइरस देखिएको पुष्टि नभएको अवस्थामा डेल्ली मेलले मङ्गलबार ‘नेपाल भेरियन्ट’ भनी लेखेको छ ।

नेपाल भेरियन्ट थ्रेट टु आउर हालिडेज शिर्षकमा एक्स्क्लुजिभ खबर भन्दै अग्रपृष्ठमा समाचार छापिएको छ । नेपालमा कोरोना भाइरसको फरक प्रकार भेटिएको र त्यो यूरोपमा समेत देखिएको उल्लेख छ ।

विश्वमा पछिल्लो समय देश विषेशको नाम तोकेर कोरोना भाइरसको प्रकारबारे लेख्न थालिएको छ । तर, यसको सर्वत्र आलोचना हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्