Logo

कर्मचारीको आधिकारिक ट्रेड युनियनको अवधि सकियो, यथासिघ्र निर्वाचनको मिति तोक्न युनियनको माग



काठमाडौं, २० जेठ । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति तोक्न माग गरेको छ । आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै संघले कानुनतः र विधानतः आधिकारिक ट्रेड युनियनको ४ वर्षे अवधि सकिएको भन्दै नेपाल सरकारसँग यथासिघ्र निर्वाचनको मिति तोक्न माग गरेको हो ।

संघले जारी गरेको विज्ञप्तीमा आधिकारिक ट्रेड युनियनको कानुनी हैसियत समाप्त भइसकेको भन्दै विशेष परिस्थिति परेको भनि एक वर्ष म्याद थप भएकोमा त्यसको पनि म्याद सकिएको बताइएको छ ।

 

‘आजको आधिकारिक ट्रेड युनियन पेशागत धर्म र संस्कृति विरुद्ध र व्यवहारतः सरकारको छाँयाको रुपमा रहेको, प्हिलो ट्रेड युनियनको रुपमा स्थापित एवं लाचार र कर्तव्यहिन आधिकारिकको नेतृत्व तहलाई कानुनी रुपमा ऐनले नै विस्थापित गरिसकेको अवस्थामा आधिकारिक ट्रेड युनियनको संस्कृति र मान्यता जोगाउन निजामती सेवा ऐनको दफा ५३ (३) ख बमोजिम सामाजिक संवाद र सामुहिक सौदावाजी गर्न ‘निजामती कर्मचारसहको आधिकारिक ट्रेड युनियन नभएको अवस्थामा निजामती ऐनको दफा ५३ को उपदफा १ बमोजिम गठन भएका निजामती कर्मचारीहरुको राष्ट्रिय स्तर ट्रेड युनियन संघहरुको आपसमा सहमति गरि सामुहीक सौदावाजी गर्न पाउनेछन् ’ भन्ने व्यवस्था अनुरुप गर्न र गराउन र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यथासिघ्र निर्वाचन मिति तोकी निर्वाचन अवधिभरलाई सामुहिक ट्रेड युनियन नितिलाई सहमतिको विन्दुमा राखि निर्वाचन गर्ने व्यवस्था यथासिघ्र गराउन नेपाल निजामती कर्मचारी युनियन (संघ) नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्