Logo

एमालेको स्थायी कमिटी बैठक आजपनि स्थगित्, अर्को बैठकको टुँगो छैन



काठमाडौं, २० जेठ । नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित् भएको छ । आज चार बजेको लागि बोलाईएको बैठक स्थगित् गरिएको एक नेताले जानकारी दिए । उता, माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक भने जारी छ ।

नेपाल समूहको बैठकको निर्णय हेरेर मात्रै बैठक राखिने अध्यक्ष केपी शर्मा ओली पक्षको तयारी छ । पछिल्लो समय एमालेको एकता प्रयास जारी छ । ओली र नेता नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुबीच एकताको लागि सम्वाद भैरहेको छ ।

तर, नेता नेपालले भने एकताको लागि ओलीले नाटक मात्रै गरेको भन्दै अब कोही पनि उनको प्रचारको पछि नलाग्ने स्पष्ट पारिसकेका छन् । ओलीले अबको बैठकमा थप १२ जना सांसदलाई कारबाही गर्ने बताउँदै आएका छन् । यसअघि उनले उनीहरुलाई स्पष्टीकरण सोधिसकेका छन् । तर, उनीहरुले स्पष्टीकरणको जवाफ दिएका छैनन् । file photo



प्रतिक्रिया दिनुहोस्