Logo

लकडाउनमा प्रेमिकासँग घुम्दा टाइगरविरुद्ध मुद्दा



एजेन्सी, २० जेठ । बलिउड अभिनेता टाइगर श्राफलाई आफ्नी प्रेमिका तथा अभिनेत्री दिशा पाटनीसँग घुम्दा निकै अफ्यारो परेको छ । भारतीय समाचार अनुसार टाइगर र दिशा पाटनीविरुद्ध लकडाउनको नियम उल्लघन गरेको आरोपमा प्रहरीले मुद्दा दायर भएको हो । उनीहरुमाथि कोरोना गाइडलाइनको उल्लघंन गरेको आरोप लागेको छ ।

एजेन्सीको अनुसार टाइगर र दिशा बैंडस्टैडंको नजिक कारमा घुमिरहदा प्रहरीले कार रोकेर यात्रा गर्नुको कारण सोध्दा चित्त बुझ्दो जवाफ नदिएपछि उनीहरु विरुद्ध मुदा दायर भएको हो ।
भारतको महाराष्ट्र सरकारले राज्यमा मिनी लकडाउन १५ जुनसम्म थप गरेको छ । मुम्बई प्रहरीले बान्द्राको गल्लीमा कारमा सवार दुई कलाकारमाथि मुद्दा दर्ता भएको भन्दै टाइगरको नाम उल्लेख नगरी उनको फिल्मको नाम लेखेर मुद्दा दायर भएको जानकारी दिएको हो ।

प्रहरीको अनुसार कारको पहिलो सिटमा दिशा बसेकी थिइन् भने दोस्रो सिटमा टाइगर बसेका थिए । प्रहरीले उनीहरुको आइडी कार्ड चेक गरेर अगाडी बढ्न दिएपनि यात्रा गर्नुको कारण स्पष्ट नभएपछि कारबाही अगाडी बढाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्