Logo

अमिताभले विवाहको ४८औं वर्षगाँठमा शेयर गरे यस्ता तस्वीर



एजेन्सी, २० जेठ । बलिउडका महानायक अमिताभ बच्चन र जया बच्चनको विवाह भएको आज ४८ वर्ष पुगेको छ । आजकै दिन १९७३ जुन ३ मा उनिहरु विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको जोडी बलिउडकै सबैभन्दा उत्कृष्ट जोडी मानिन्छ ।

४८ विवाह वर्ष गाँठको अवसरमा अमिताभले आज विवाहको तस्वीर शेयर गरेका छन् । तस्वीरमा अमिताभ र जयाले रितिरिवाज पुरा गरेको देखिन्छ । जयाको साथमा सेतो रंगको शेरवानीमा देखिएका अमिताभ निकै राम्रा देखिएका छन् । जया रातो सारीमा सजिएकी छिन् ।

अमिताभले तस्वीर शेयर गर्दै शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । जया बच्चन र अमिताभले पहिलो पटक फिल्म ‘बंसी बिरजु’मा सँगै काम गरेका थिए । यसपछि जन्जिर, चुपके चुपके, मिली, शोले र कभी खुशी कभी गम जस्ता केही सुपरहिट फिल्ममा सँगै काम गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्