Logo

बक्सिङका पूर्वराष्ट्रिय खेलाडी हरिबहादुर केसीको कोरोना संक्रमणबाट निधन



काठमाडौं, २० जेठ । कोरोना भाइरसको संक्रमणबाट बक्सिङका पूर्वराष्ट्रिय खेलाडी हरिबहादुर केसीको निधन भएको हो । उनको उपचारका क्रममा आज विहान मनमोहन अस्पतालमा निधन भएको हो ।

बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले केसीको उपचारका क्रममा निधन भएको जानकारी दिए । केसीका आमाबाबु, २ छोरा र पत्नी छन् ।

दाङ स्थायी घर भएका ४८ वर्षीय केसी पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए । मकाउ बसेर तीन वर्ष अघि नेपाल फर्किएका थिए ।

केसी काठमाडौंमा भएको आठौं साग खेलकुदका रजत पदक विजेता हुन् । उनले नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्