Logo

नेप्से २९ अंकले बढ्दा १६ अर्ब बढीको कारोबार



काठमाडौं, २० जेठ । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से २९ दशमलव ५५ अंकले बृद्वि भई २८ सय ५६ दशमलव ६७ उच्च विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९६ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा पुगेको छ ।

नेप्से सुचक अनुसार आज २१८ कम्पनीको १ लाख ५५ हजार ६५५ पटक शेयर कारोबार भएर १६ अर्ब ९० करोड ७ लाख २० हजार २८६ रुपैयाँ बराबरको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्