Logo

आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार



काठमाडौं, २० जेठ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार २९ दशमलव ६४ अंकले उकालो लागेको छ। आज नेप्से परिसुचक २८ सय ५६ दशमलव ७७ उच्च विन्दुमा थामिएको हो । बिहीबार (आज) नेप्सेमा १६ अर्ब ९० करोड ७ लाख २० हजार २८६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेप्सेको अनुसार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १७ सय ६५ रुपैयाँ शेयरमुल्य कायम भई १ अर्ब २ करोड ७० लाख बढीको कारोबार भएको छ । त्यस्तै, आज छिमेक लघुवित्तको ६८ करोड १६ लाख बढीको कारोबार भएको छ । लघुवित्तको प्रतिकित्ता १७ सय ८४ रुपैयाँ मुल्य कायम भएको छ।

यसैगरी, लुम्बिनी विकास बैंकको प्रतिकित्ता ४९६ रुपैयाँले शेयरमुल्य कायम भई ३५ करोड ५ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल बंगलादेश बैंक, निफ्रा, शिवम लगायत कम्पनीको कारोबार उच्च भएको छ ।



प्रतिक्रिया दिनुहोस्